सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाँकेले 'प्याब्सन डे' भब्यताका साथ मनाउँदैछ । प्याब्सन जिल्ला कार्यसमिति बाँकेले आज नेपालगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरेर ३५औं 'प्याब्सन डे' भब्यताका साथ मनाउने तयारी पूरा भएको जानकारी दिएको छ ।
अध्यक्ष विकास बज्राचार्यले विहिबार बिहान ११ बजे नेपालगञ्ज रंगशालामा औपचारिक कार्यक्रमको आयोजना गरिएको बताए । त्यसअघि विहान वीपी चोकबाट प्रभातफेरि निकालिनेछ । प्याब्सन बाँकेले यस पटक १२ विधामा विभिन्न ब्यक्तिहरुलाई सम्मान गर्न लागेको बज्राचार्यले बताए । उनका अनुसार कला–संस्कृति, मानव-बेचबिखन नियन्त्रण, खेलकुद, पत्रकारिता लगायत विभिन्न क्षेत्रमार्फत योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान प्रदान गरिनेछ ।
साथै प्रत्येक विद्यालयका उत्कृष्ट शिक्षक र विद्यार्थीहरुलाई पनि सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । १०६ वटा विद्यालय प्याब्सन बाँकेमा आबद्ध छन् ।