तुलसीपुरको दिव्य ज्योति स्कुलले भव्यताका साथ मनायो २८ औं बार्षिकोत्सब (फोटोफिचर)

बुधबार, माघ २३, २०८१
honor mob  winter sales

तुलसीपुर दाङको दिव्य ज्योति इंग्लिश बोर्डिङ स्कूलले आफ्नो २८ औं बार्षिकोत्सब भव्यताका साथ मनाएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२  कचिला अवस्थित दिव्य ज्योति इंग्लिश बोर्डिङ स्कूलले मंगलबार विभिन्न कार्यक्रम गर्दै २८ औं बार्षिकोत्सब कार्यक्रम तथा अभिभावक भेला सम्पन्न गरेको हो।

Honor x7 pad

व्यवस्थापन समितिका अध्यक्ष तथा सन्चालक समितिका सदस्य  शक्ति कुमार शर्माको सभापतित्व एवम् संविधान सभा सदस्य बुद्दिराम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षक, शिक्षिका र विद्यार्थीलाई सम्मान गर्नुका साथै एकेडेमीकतर्फ र खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । 

विद्यालयका पूर्व प्रधानाध्यापक इन्दिरा शर्माको स्वागत मन्तव्यबाट सुरु गरिएको २८ औं बार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य भण्डारीले गुणस्तरीय र जीवनोपयोगी शिक्षामा विशेष जोड दिँदै विद्यार्थीहरुको बृत्ति विकासमा विद्यालयले ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनले अभिभावक, शिक्षक र विद्यार्थीहरुको साझा प्रयासबाट दिव्य ज्योति उत्कृष्ट शिक्षा प्रदान गर्दै आएकोमा सबैले गर्व गर्नुपर्ने बताए।  

त्यस्तै विद्यालयका सन्चालक समिति सदस्य, संस्थापक प्रधानाध्यापक एवम नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीले दिव्य ज्योतिमा शिक्षाको गुणस्तरमा वृद्धि गर्न विद्यालय व्यवस्थापन समिती, सन्चालक समिति, शिक्षक, अभिभावक र सरोकारवाला निकायको अहम् भूमिका रहेको बताए । 

कार्यक्रमका विशिष्ट अतिथि तथा अभिभावकतर्फका वक्ताहरुले शिक्षा नै समाज परिवर्तनको महत्वपूर्ण साधन भएकाले आफ्ना बालबालिकाको शिक्षामा ध्यान दिन आवश्यक रहेको बताएका थिए। 

त्यस अवसरमा विद्यालयमा शतप्रतिशत उपस्थित रहेकी शिक्षिका इन्द्रा वलीलाई प्रमुख अतिथि भण्डारीले दोसल्ला ओढाएर सम्मान गरेका थिए भने विद्यालयकै उत्कृष्ट विद्यार्थी एलिजा बिएमलाई पुरस्कृत गरिएको विद्यालयका प्रधानाध्यापक रोशन गिरीले जानकारी दिए।

कार्यक्रममा दिव्य ज्योति स्कुल प्रथम भएका, नियमित विद्यालय आउने र खेलकुद , अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको गर्दै विभिन्न नृत्य प्रस्तुत गरिएको हो।

विशिष्ट अतिथितर्फ पूर्व जिल्ला बिकास समिति सदस्य तथा समाजसेवी केशव राज आचार्य, नेत्र ज्योति संघदाङका अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्ण कुमार गिरी रहेको २८ औं बार्षिकोत्सब समारोहमा वडा नम्बर १२ का वडा सदस्य शेषमणी भण्डारी, वडा नम्बर १३ की वडा सदस्य बिनिता परियार ,अभिभावक तथा समाजसेवी खिम बहादुर वली, देबेन्द्र रिजाल, तारा बहादुर कार्की, मदन वली, पुष्प राज गिरी, चिरञ्जीवी वली, बलदेव रजौरे, शिक्षक अभिभावक संघ दिव्य ज्योतिका अध्यक्ष नरेश चौधरी, पतन्जली योग समिति दाङका सदस्य तथा शिक्षक अभिभावक संघकै सदस्य रोबर सिंह ढकाल लगायत सयौं अभिभावक , विद्यालय सन्चालक समिति सदस्य लगायत शिक्षक-शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

विद्यालय सन्चालक समितिका सदस्यहरु निम बहादुर केसी र वसन्त पोखरेलसमेतको उपस्थिति रहेको बार्षिकोत्सब समारोहमा विद्यालयका संस्थापक अध्यक्ष तथा सन्चालक समितिका अध्यक्ष शंकर गिरीले उपस्थित सबै र विद्यालयका उत्कृष्ट विद्यार्थी, विद्यालयप्रति अभिभावकले गरेको माया र विद्यालयलाई शतप्रतिशत नतिजा निकाल्नमा महत्त्वपूर्ण योगदान दिने शिक्षकहरुलाई विषेश धन्यवाद ज्ञापन गरेका थिए।

विद्यालयका पूर्व प्रधानाध्यापक तथा सन्चालक समिति सदस्य बिनोद बस्नेत र शिक्षिका बिना वली गिरीले सन्चालन गरेको कार्यक्रममा प्रधानाध्यापक रोशन गिरीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए  भने स्थापनाकालदेखि अध्यापनरत शिक्षिका मोहनी लामिछानेको बिदाइ गरिएको थियो।

वि.सं. २०५३ फागुन १ गते सरस्वती पूजाका दिन स्थापना भएको दिव्य ज्योति इंग्लिश बोर्डिङ स्कूलबाट हालसम्म २४ ब्याचले एसएलसी उतिर्ण गरिसकेको छ। विद्यालय आगामी ३० औं बार्षिकोत्सबमा विशेष कार्यक्रम गर्दै पूर्व विद्यार्थीहरुलाई समेत बोलाइने दिव्य ज्योतिले जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ०९:१२
प्रतिक्रिया दिनुहोस्