सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । सशस्त्र प्रहरी बल,नेपालका दुई महिला कर्मचारीले विश्वकै सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन्। सशस्त्र प्रहरीका सहायक हवल्दार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पा आज बिहान शिखरमा पुगेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ
सशस्त्र प्रहरीका अनुसार कार्कीले बिहान १०ः२० बजे र शेर्पाले ११ः५५ बजे सगरमाथाको चुचुरो टेक्न सफल भएका हुन्।
यससँगै सशस्त्र प्रहरी बलबाट सगरमाथा आरोहण गर्ने कर्मचारीको सूचीमा उनीहरू तेस्रो र चौथो स्थानमा पुगेका छन्।
निमडिक्की शेर्पा इलामको सन्दकपुर गाउँपालिकाकी बासिन्दा हुन् भने अनिता कार्की रामेछापको गोकुलगंगा गाउँपालिका–१, चुचुरेकी हुन्। कार्की राष्ट्रिय स्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी छन्।