सशस्त्र प्रहरीको एआईजी बढुवाका लागि डीआईजी गणेश ठाडा मगर सिफारिस

बिहीबार, जेठ १५, २०८२

काठमाडौँ । वरीयत मिचेर गृह मन्त्रालयले  सशस्त्र प्रहरी बलको एआईजीमा डीआईजी गणेश बहादुर ठाडा मगरलाई  बढुवा गर्न सिफारिस गरेको छ ।

गृह  सचिव गोकर्णमणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समिति बैठकले एक नम्बरमा रहेका कमल गिरीको सिफारिस नगरेर ठाडा मगरलाई आज एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

सशस्त्र प्रहरीमा  गत वैशाख २ गते एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अवकाशमा गएसँगै एक एआईजी पद रिक्त  रहदै आएको थियो । वैशाख १४ मा बढुवा समितिले ७ दिनको सूचना प्रकाशन गरेको थियो। सूचना अनुसार ८ जना डीआईजीहरूले आवेदन दिएका थिए ।

सशस्त्र प्रहरीको एआईजीका लागि दरखास्त फारम डीआईजीहरू कमल गिरी, गणेश बहादुर ठाडा  मगर, शम्भु सुवेदी, कुलबहादुर नेम्वाङ, लक्ष्मण सिंह र प्रदीप कुमार पालले बुझाएका थिए।

डीआईजीमा अगाडि रहेका गिरीलाई बढुवा सिफारिस गरेर  ठाडा मगरआई गृह मन्त्रालयले  एआईजीमा बढुवा सिफारिस गरेको हो।

त्यस्तै सशस्त्र प्रहरी स्थापना भएपछि भर्ना भएको पहिलो टोली सिसम–१ बाट डीआईजीद्वय सुरेश श्रेष्ठ र अन्जनी कुमार पोखरेलले पनि एआईजी बढुवाको फारम भरेका थिए । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  २२:३८
प्रतिक्रिया दिनुहोस्