Dashain Banner
Dashain Banner

अत्याधिक चिसोले राप्तीसोनारीका विद्यालयहरुमा थप दुई दिन बिदा

आइतबार, माघ ७, २०८०

काठमाडौं  । बाँकेमा अत्याधिक जाडो बढेर जनजीवन प्रभावित बनेपछि राप्तीसोनारी गाउँपालिकाले विद्यालयहरुमा दिएको जाडो बिदा थप गरेको छ ।

चिसोका कारण बालबालिका विद्यालय आउन कठिनाइ भएपछि गाउँपलिकाले आजसम्म बिदा दिएको थियो।

तर झनै जाडो बढेपछि गाउँपालिकाले थप दुई दिनलाई बिदा थप गरिएको जानकारी गराउँदै सूचना जारी गरेको छ।

बाँकेमा अत्याधिक चिसोसहित हुस्सु र कुहिरोले गर्दा  एक सातादेखि राम्रोसंग घाम लाग्न सकेको छैन । 

 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्