त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

आइतबार, माघ ७, २०८०

काठमाडौं । करिब आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट एक व्यक्ति पक्राउ परेका छन् ।

Honor x7 pad

विमानस्थल भन्सारबाट झापाका खगेन्द्र दर्जीलाई  ४९९ ग्राम सुनसहित पक्राउ गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

दोहा हुँदै काठमाडौं अवतरण गरेका आएका दर्जीलाई त्रिभुवन विमानस्थल भन्सारबाट ४९९ ग्राम सुनसहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ परेका दर्जीसंग थप अनुसन्धान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले जनाएको छ।

 

 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्