देशका नौजवन युवालाई देशमै बस्न सक्ने वातावरण सिर्जना गर्नैपर्छ: गगन थापा

शुक्रबार, पुस २६, २०८१
Honor 600 pro

काठमाडौँ । देशका नौजवान युवाहरूलाई आत्मसम्मान र खुशीकासाथ नेपालमै बस्न सक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेन्डा भएको  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन्। 

आज  काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेपालको अहिलेको सबैभन्दा ठुलो राजनीतिक एजेन्डा नेपालमै खुशीका साथ बस्न सक्ने गरीकन कमाइ गर्ने वातावरणको सिर्जना गर्नु रहेको बताए । 

उनले आफ्नो कमाइबाट खुशी हुने रोजगारी अहिलेको पहिलो राजनीतिक एजेन्डा रहेको उल्लेख गरे । उनले खुशीसहितको रोजगारीको विषय प्रधानमन्त्रीदेखि पार्टी सभापतिसम्म पुर्‍याउने बताए । 

उनले भने ‘नेपालको अहिलेको सबैभन्दा ठुलो पोल्टिकल एजेन्डा भनेको नेपालको नौजवानहरूले नेपालमै बस्न सक्ने गरीकन आफ्नो आत्मसम्मान रहने गरी, खुशी हुने गरी कमाइ भएको रोजगारी आजको नेपालको सबैभन्दा ठुलो राजनीतिक एजेन्डा हो । म रोजगारीको यो छलफललाई म प्रधानमन्त्रीको कोठामा पुर्‍याउन चाहन्छु । मैले कोशिस गरिरहेको छु । मैले आज भनेको कुरा त्यसकै एउटा उदाहरण हो । म पार्टी सभापतिको कोठामा हुने बहसमा, छलफलमा यो कोठामा यो विषय पुर्‍याउन चाहन्छु । त्यहाँ राजनीतिको र यहाँ आएपछि रोजगारीको कुरा गर्ने होइन, त्यही कोठामा कुरा हुनुपर्छ । त्यो कोठामा कुरा हुनुपर्छ।’

महामन्त्री थापाले नेपालमा पाएको रोजगारीले खुशीसाथ बस्न सक्छु भन्ने वातावरण बनाउन सके मात्रै युवाहरू नेपालमा बस्ने बताए । 

 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्