Dashain Banner
Dashain Banner

यू-१९ विश्वकप: पाकिस्तानविरुद्द पहिला ब्याटिङमा नेपाल

बुधबार, माघ १०, २०८०

काठमाडौं । नेपालले साउथ अफ्रिकामा जारी एक दिवसीय यू-१९ विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्द ब्याटिङ गर्दैछ ।

आज दिउँसो नेपालले आफ्नो दोस्रो खेल टस जितेर पाकिस्तानविरुद्द पहिला ब्याटिङ रोजेको हो  ।

समूह "डी"  मा सबैभन्दा बलियो टोली रहेको पाकिस्तानविरुद्दको खेलमा नेपालले ३ खेलाडी परिवर्तन गरेको छ।

यो समूहमा रहेको नेपाल आइतबार  न्यूजिल्याण्डसंग पहिलो पटक पराजित भएको थियो। उक्त खेलमा न्यूजिल्याण्डले नेपाललाई ६४ रनले पराजित गर्न सकेको छैन । नेपालले  यसघि दुई पटक न्यूजिल्याण्डलाई पराजित गरेको थियो। सन् २००६ र २०१६ मा नेपालले न्यूजिल्याण्ड हराएको थियो।

नेपाली टोलीले पाकिस्तानविरुद्दको खेलमा निकै सुधार गर्दै पाकिस्तानलाई पराजित गर्ने अनुमान गरिएको छ।

त्यस्तै नेपालले आफ्नो तेस्रो खेल अफगानिस्तानसँग जनवरी २७ मा खेल्नेछ।

साउथ अफ्रिकामा जारी यस विश्वकपमा अमेरिका, बंगलादेश, भारत, आयरल्याण्ड , स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङल्याण्ड , जिम्बावे, नामिबिया, अस्ट्रेलिया, श्रीलंका , नेपाल, पाकिस्तान, अफगानिस्तान र न्यूजिल्याण्ड सहभागी छन् । 

 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्