Dashain Banner
Dashain Banner

आफूखुसी गैरहाजिर भएका तीन जना असइसहित २४ जनालाई ७ दिनभित्र सम्पर्कमा आउँन निर्देशन

बुधबार, माघ १०, २०८०

काठमाडौं । नेपाल प्रहरीमा  आफूखुसी लामो समयसम्म गैरहाजिर भएर सम्पर्कविहीन भएका २४ जना प्रहरी कर्मचारीलाई तत्काल सम्पर्क आउन निर्देशन जारी भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी सम्पर्कविहीन भएका तीन जना प्रहरी सहायक निरीक्षक (असइ) सहित २४ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै उनीहरुलाई ७ दिनभित्र चित्त बुझ्दो स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको हो।

को-को हुन् सम्पर्कविहीन हुने प्रहरी कर्मचारी ?

 

 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १०:१८
प्रतिक्रिया दिनुहोस्