ठुलो परिमाणको लागूऔषधसहित पश्चिम नवलपरासीबाट एक युवक पक्राउ

मंगलबार, माघ ९, २०८०
honor mob  winter sales

पश्चिम नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

Honor x7 pad

जिल्ला प्रहरी पश्चिम नवलपरासीबाट खटिएको टोलीले आज दिउँसो १ बजे  रामग्राम नगरपालिका वडा नं. १८ धरमपुर स्थित भित्री सडक खण्डबाट एक सय क्याप्सुल डाइजेपाम, हेप्नेर्गाम एक सय क्याप्सुल , सय क्याप्सुल नर्फेन (एम्पुल) र ६ सय टयाबलेट नाइट्रोभेटसहित रामग्राम-१५ डिगोलका मोटरसाइकलसहित २४ वर्षीय नुर मोहम्मद धुनियालाई पक्राउ गरेको हो।

प्रहरीको टोलीले लु ४४ प १५४२ नम्बरको मोटरसाइकलमा परासीबाट धरमपुरतर्फ जाँदै गरेको अवस्थामा चेकजाँचका क्रममा धुनियाले बोकेको झोलामा राखिएको अवस्थामा लागूऔषध बरामद गरेको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ।

लागूऔषधसहित पक्राउ परेका धुनियासँग थप अनुसन्धान गरिरहेको नवलपरासी प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १९:३५
प्रतिक्रिया दिनुहोस्