दाङको रिहारमा बर्दियाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु

सोमबार, माघ ८, २०८०

काठमाडौं  । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

Honor x5c

बर्दियाबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस लमही नगरपालिकाको वडा नम्बर ९ रिहारमा गएराति  दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको जिल्ला  प्रहरी कार्यालय दाङले  जानकारी दिएको छ।

दाङ  प्रहरीका अनुसार बस सवार ४७ जना यात्रु मध्ये  गेरुवा गाउँपालिका-१ गेरुवाका  ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको छ।  बसमा सवार अन्य यात्रु घाइते नभएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी दाङले दिएको जानकारी अनुसार बसको पट्टा भाँचिएर दुर्घटना हुँदा क्याबिनमा बसेका दुई जना अगाडि हुत्तिएर च्यापिएर घटनास्थलमै मृत्यु भएको हो।

दाङमै गत पुस २७ गते नेपालगन्जबाट काठमाडौं आउँदै गरेको बस भालुबाङस्थित राप्ती नदीमा खसेर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो।

 

 

 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०८:४४
प्रतिक्रिया दिनुहोस्