युगाण्डाबाट फर्किए प्रधानमन्त्री प्रचण्ड 

आइतबार, माघ ७, २०८०

काठमाडौं । युगाण्डाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । प्रचण्ड आज बिहान युगाण्डाकोभ्रमण सकेर फर्किएका हुन् ।

Honor x7 pad

युगाण्डामा आयोजना भएको असंलग्न आन्दोलन  (नाम) का सदस्य राष्ट्रको १९ औं शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री प्रचण्ड आज बिहान कतार एयरबाट  काठमाडौं अवतरण भएका हुन्  ।

प्रधानमन्त्री प्रचण्ड माघ ४ गते युगाण्डा गएका थिए। आज उनी अवतरण हुने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिएको थियो।त्रिभुवन विमानस्थलले विमानस्थल बन्द गर्न पूर्व नै प्रधानमन्त्रीको जहाज अवतरण गर्नुपर्ने भएका विमानस्थल आधा घण्टा बन्द गर्न गइरहेको जानकारी गराएको थियो।

 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्